Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


विश्वबाटै हराउँदै गएको कम्युनिष्ट शासन नेपालमा सम्भवै हुँदैन : केसी


0
Shares

नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केसीले शनिबार बेल्कोटगढी नगरपालिकाको मदानपुरस्थित बालुवाभञ्याङमा आयोजित चुनावीसभामा वाम गठबन्धनको नाममा दुई कम्युनिष्टले लोकतान्त्रिक उपलब्धि मास्न खोजेको आरोप लगाए ।

नेता केसीले विश्वबाटै हराउँदै गएको कम्युनिष्ट शासन नेपालमा सम्भव नै नहुने जिकिर गरे ।

चुनावीसभामा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘क’का उम्मेदवार एवं कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले कांग्रेसले सुरु गरेका अधुरा अयोजना सम्पन्न गर्न पनि कांग्रेसले नै जित्नुपर्ने बताए ।

जिल्लाको समग्र विकासका लागि थालिएका काम टुंगोमा पुर्‍याउन कांग्रेस उम्मेदवारहरुलाई जिताउनुपर्ने उनको भनाइ थियो ।