स्थानीय बजारमा आइतबार बजार खुल्दा तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार बढेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य शुक्रबार पुनः ओरालो लाग्दै तोलाको ५५ हजार ९०० रुपैयाँमा नै कारोबार हुन आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आइतबार तोलाको ७६० रुपैयाँमा कारोबार भएकोमा साताभर उतार–चढाव आउँदै शुक्रबार तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७६५ रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्