प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवारसमेत रहेका नेता पौडल र उनका साथमा रहेका कांग्रेसका कार्यकर्तालाई लक्षित गरी शनिबार दिउँसो तनहुँको भानु नगरपालिका वडा नम्बर–१० स्थित नेपालडाँडानजिक अज्ञात समूहले प्रेसर कुकरबम प्रहार गरेको थियो ।
गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न जानेक्रममा नेता पौडल सवार गाडीमाथि बम प्रहार भएको थियो । सो बम प्रहारबाट उनका सुरक्षाकर्मी घाइते भएका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडलद्वारा शनिबार जारी विज्ञप्तिमा लोकतन्त्रलाई नै समाप्त गर्ने आपराधिक मानसिकताबाट सुनियोजितरुपमा यसप्रकारका घटना घटिरहनु अत्यन्त दुःखद् भएको जनाइएको छ ।
विज्ञप्तिमा यस प्रकारका घटनाबाट नेपालको जेठो पार्टी कांग्रेस विचलित नहुने उल्लेख छ ।
लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको उल्लेख गर्दै कांग्रेसले यसप्रकारका घटना दोहोरिन नदिन सरकारसँग माग गरेको छ । रासस





प्रतिक्रिया दिनुहोस्