आगामी दुई वर्षमा गर्नुपर्ने कार्यहरुको योजना तर्जुमा गर्न संघले हालै गरेको बैठकले बस्ती निर्माणलाई तीव्रता दिनेलगायतका विभिन्न निर्णय गरेको जानकारी गराइएको हो ।
४२ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको ५७३ घरसहितको लाप्राक नमुना बस्ती यथाशिघ्र सम्पन्न गर्नका लागि संघका अध्यक्षको नेतृत्वमा समिति गठन गरेको जनाइएको छ ।
मौसमी कठिनाइ, स्थानीयवासीको पर्याप्त सहयोग र कामदारको उपलब्धता प्रमुख चुनौती रहेकाले पहिले तय गरिएको समयसीमाभित्र सम्पन्न गर्न कठिनाइ भइरहेको पनि संघले जनाएको छ ।
यसैगरी, संघका अगुवाहरुको नेतृत्वमा नेपालको पूर्वाधार विकासमा उल्लेख्य लगानीको इन्भेस्टमेन्ट कम्पनी खडा गर्ने निर्णय गरिएको पनि संघले जनाएको छ ।
वैदेशिक रोजगार कल्याणकारी कोषलाई ५ करोड पुर्याइ त्यसको नियमावली तयार गरी सन्चालनमा ल्याइने जनाइएको छ ।
वैदेशिक रोजगारमा गएकाहरुका लागि सन्चयकोष स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने निर्णय भएको पनि संघले जनाएको छ ।
गैरआवासीय नेपालीहरुले सिकेको ज्ञान, सीप र नवप्रवर्धनलाई नेपालको विकासमा सदुपयोग गर्न संघले सन्चालन गर्दै आएका विभिन्न कार्यक्रमहरुलाई एउटै छाताभित्र सन्चालनमा ल्याउनका लागि एनआरएनए एकेडेमीको स्थापना गर्नेलगायतका निर्णय बैठकले गरेको संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्