Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


‘कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्’


0
Shares

नेपाली कांग्रेसले शनिबार बेसीसहरमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले भने–‘कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्, कांग्रेस समस्या समाधान गर्छ, राणाशासन, पञ्चायती तानाशाही, जनयुद्ध र मधेस आन्दोलनको समाधान कांग्रेसले दिएको हो ।’

वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन गरी मुलुकको विकासका लागि कांग्रेसलाई जिताउनुपर्ने बताए ।

‘हरेक विकासका सम्भावना बोकेको लमजुङले विकास गर्ने वातावरण पाउनुपर्छ’–नेता पौडेलले भने ।

सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको सरकारले मुलुकमा ठूलो विकास गरेको बताए ।

‘मोटरबाटो, मेडिकल कलेज, विश्वविद्यालय, खानेपानी, रोजगारीलगायतको विकास कांग्रेसले गरेको हो’–उनले भने ।

कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका दिलबहादुर घर्तीले लमजुङको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताए ।

उनले वाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा कांग्रेसको जित आवश्यक रहेको बताए ।

प्रदेश ‘ख’का उम्मेदवार कृष्णप्रसाद कोइरालाले लमजुङको विकास कांग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पूरा गर्नका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए ।

प्रदेश ‘क’का उम्मेदवार गर्जबहादुर गुरुङले लमजुङका जनताको विकास र समृद्धिका लागि कांग्रेसको जित आवश्यक रहेको उल्लेख गरे । रासस