३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


प्रकाशको मृत्युको खबरले आमाको स्वास्थ्यमा समस्या, श्रीमती सिर्जना अझै अचेत


0
Shares

बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उनको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा.केपी अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘अस्पताल ल्याउँदा नै उनका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उनको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौं ।’

‘अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उनी पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हँुदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो’, डा.जैसवालले भने । उनको उपचारमा डा.जैसवाल, डा.यादव भट्टसहित, डा.रवीन्द्रप्रसाद यादव, डा.विमलेश श्रेष्ठ र डा.महेश यादवलगायत संलग्न थिए ।

शरीर चिसो र सुन्निएको पाइएकाले अस्पताल ल्याइपुर्‍याउनु तीन घन्टाअघि नै उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् । पुत्रको निधन खबर पाएपछि चुनावी अभियानमा झापामा रहेका अध्यक्ष दाहाल हेलिकप्टरमार्फत काठमाडौं आएका थिए ।

दाहालको आमाको स्वास्थ्यमा समस्या, श्रीमती सिर्जना अचेत
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएपछि आमा सीता दाहाल र श्रीमती सिर्जना त्रिपाठीको स्वास्थ्यमा समस्या आएको छ ।

छोराको मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा.यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ ।
श्रीमान्को मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उनको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ । रासस