बजार परिसूचक नेप्से १३ अंकले झरेर १४ सय ७५ विन्दुमा आएर थामियो । यस दिन उत्पादनमूलक समूहबाहेक सबै समूह हरियो रहे ।
बिमा समूहमा सबैभन्दा उच्च १ सय ३४ अंकको गिरावट आयो । होटल समूहमा ८५ अंक, लघुवित्तमा २४ अंकको र विकास बैंकमा १७ अंकको कमी आयो । अरु समूह भने सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
यस दिन नेपाल स्टक ऐक्स्चन्जमा १ सय ५६ कम्पनीको ११ लाख ५५ हजार कित्ता शेयर ४५ करोड ५२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको एक्स्चेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्