अरनिको समाजले शनिवार राजधानीमा गरेको कार्यक्रममा नेपालमा राजनीतिक स्थिरता नभएको कारण विभिन्न विकास निमार्णकार्य समेत हुन नसकेको उनीहरुले बताए ।
विदेशी लगानी लगायतका चीनिया लगानीमा समेत दल अनुसार फरक नीति भएका, कमजोर कुटनितीका कारण पनि दुई ठुला छिमेकीको आर्थिक विकासबाट लाभ नेपालले लिन नसकेको उनीहरुले बताए ।
समाजमा अध्यक्ष डा. सर्वोतमश्रेष्ठ र प्रथम उपाध्यक्ष मनोजमान श्रेष्ठले चीनमा तालिम लिन जान लागेका ५९ जना प्रशिक्षार्थीलाई चीनकाबारे जानकारी दिनुका साथै अभिमुखिकरण तालिम समेत दिएका थिए ।
नेपालका २४ जना कृषि र ३५ जना स्वास्थ्य सम्बन्धि प्रशिक्षार्थी चीनको स्छुवान् प्रान्तमा प्रशिक्षण जान लागेको अरनिको समाजले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्