राष्ट्रपति भण्डारी पुत्र वियोगमा रहेका अध्यक्ष दाहालसहित उनका परिवारलाई समवेदना व्यक्त गर्न सोमबार लाजिम्पाटस्थित दाहाल निवासमा पुगेको राष्ट्रपतिका सन्चारविज्ञ माधव शर्माले जानकारी दिए ।
अध्यक्ष दाहालका सुपुत्र प्रकाश दाहालको आइतवार बिहान हृदयाघातका कारण ३६ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
यसैगरी, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित उनका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवा सोमबार अध्यक्ष दाहाल निवासमा लाजिम्पाट पुगी असामयिक निधन भएका प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गरेको प्रम देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
नेकपा एमालेका अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, भानुभक्त ढकाल, विष्णु रिमाल पनि लाजिम्पाट गइ पुत्र वियोगमा रहेका अध्यक्ष दाहालसहित परिवारलाई भेट गरी समवेदना प्रकट गरेका थिए ।
एमाले अध्यक्ष ओलीले आइतबार विहान प्रकाश दाहालको असामयिक निधनको खबरले आफू भावविह्वल भएको र एमाले तथा आफू स्वयंका तर्फबाट सिंगो परिवारमा समवेदना व्यक्त गरेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा, अध्यक्ष ओलीलगायतले त्यहाँ रहेको स्वर्गीय प्रकाश दाहालको तस्वीरमा पुष्पगुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्