Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


रामशरण महतलाई लक्षित गरेर बम पड्काउने एकजना समातिए


0
Shares

उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए ।

शुक्रबार कांग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट गराएर फरार भएका २८ वर्षीय धिताललाई आइतबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धिताल नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द समूह)का जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार गरेको अभियोगसमेत प्रहरीले लगाएको छ ।

धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’अन्तर्गत् मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको र थप प्रमाण जुटेपछि अन्य मुद्दा आकर्षित हुनसक्ने जनाइएको छ । रासस