Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


वाम गठबन्धनले जिते १० वर्षमा २० हजार मेगावाट बिजुली : गोकर्ण विष्ट


0
Shares

‘नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौं, हामीले जितेमा आगामी तीन वर्षमा मुलुक विद्युत्भारमुक्त हुनेछ र १० वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन गरी बिक्री गरिनेछ’–उनले भने ।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–२ को निर्वाचन प्रचारमा रहेका सचिव ज्ञवालीले सोमबार मुसिकोट नगरपालिका–१ स्थित पौंदी–अमराईमा आयोजित जनसभामा भने–‘ठूला आयोजना सन्चालन भएमा मुलुकभित्रै रोजगारी वृद्धि भइ युवालाई खाडीमा रगत–पसिना बगाउन जानुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।’

नेपाली कांग्रेसका चन्द्रबहादुर केसीसँग प्रतिस्पर्धामा रहेका सचिव विष्टले आफ्नो निर्वाचन क्षेत्रमा सबै घरमा एकै रङको टिनको छाना लगाउने, हरेक घरलाई निःशुल्क बाख्रा वितरण गर्ने, दलितका छोराछोरीलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा दिने, जिल्लाभित्र र जिल्लान्तरका सडक–बाटालाई विस्तार, मर्मत एवं निर्माण गर्ने, जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना सुनाए ।

कांग्रेसका केसी सोमबार धुर्काेट क्षेमा प्रचारमा व्यस्त छन् ।

सभामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर कार्कीले निर्वाचनपछि पार्टी एकताका साथै वाम सरकार बन्ने भएकाले समाजवाद र साम्यवादको लक्ष्यमा पुग्न सहज हुने बताए ।

विष्टले सोमबारै थामडाँडा, अरेवा, सिम्ले नेटा र इस्मामा आयोजित कोणसभालाई सम्बोधन गरे ।

क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार एवं एमालेका सचिव प्रदीपकुमार ज्ञवाली वीरबासमा प्रचार अभियानमा छन् भने ज्ञवालीका प्रतिस्पर्धी कांग्रेसका चन्द्र भण्डारी सिमिचारका कार्यक्रममा व्यस्त रहे । रासस