दलहरुले सार्वजनिक गरेका चुनावी घोषणापत्र कार्यान्वयनका सन्दर्भमा प्रतिबद्धता लिन नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा गरेको राष्ट्रिय आर्थिक बहसमा उनीहरुले प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका हुन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरेर नै अगाडि बढ्ने बताए ।
निजी क्षेत्रले उठाएको करसम्बन्धी प्रसंगमा उनले तीन तहको सरकार बनेपनि एक ठाउँमा कर तिरे पुग्ने व्यवस्था बनाउनुपर्ने बताए ।
दलहरुको घोषणापत्रलाई महत्वाकांक्षी भनिएको सन्दर्भमा उनले यथास्थितिबाट अगाडि बढ्न नै महत्वाकांक्षी बनेको बताए ।
नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले घोषणा गरेरमात्रै नहुने भन्दै लगानीमैत्री वातावरण बनाउनु चुनौती रहेको बताए ।
उनले विकासका लागि स्पस्ट योजना हुनुपर्नेमा जोड दिँदै कर्मचारीतन्त्रलाई राजनीतिबाट अलग राख्नुपर्ने बताए ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले स्वस्थ प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
वाम गठबन्धनको सरकार बने निजी क्षेत्रलाई अंकुश लगाउँछ कि भन्ने सोचाइ गलत रहेको उनको भनाइ थियो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले स्थिर सरकार बनेपछि आर्थिक विकास हुने विश्वास व्यक्त गरिन् ।
उनले घोषणापत्रमा गरिएका वाचा पूरा गर्न दलहरुलाई आग्रह गर्दै आर्थिक विकासका लागि निजी क्षेत्र सरकारसँग सहकार्य तयार रहेको बताइन् ।









प्रतिक्रिया दिनुहोस्