सेयर बजार परिसूचक नेप्से ६ अंकले ओरालो लागेर १४ सय ७० विन्दुमा आइपुग्यो । आइतबार पनि नेप्से १३ अंकले झरेको थियो ।
सोमबार अन्यबाहेक कारोबार भएका अरु सबै समू्हमा गिरावट आयो । बिमा समूह २९, होटल २०, जलविद्युतमा १३ अंकले ओरोलो लागे ।
यस्तै, व्यापारमा ११ र लघुवित्त समूहमा पनि १० अंकको गिरावट आयो । अन्य समूह भने करिब ३ अंकलेमात्र सकारात्मक रह्यो ।
यसदिन १६१ कम्पनीका ११ लाख ५२ हजार कित्ता सेयर ३९ करोड ७७ रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्