Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सिन्धुलीका ट्रक व्यवसायी आन्दोलित


0
Shares

सिन्धुलीको बीपी राजमार्गअन्तर्गत् सिन्धुलीमाडी—खुर्कोट सडकखन्डमा व्यवसायीले आन्दोलन गरेपछि ढुवानी ढप्प भएको छ ।

व्यवसायीहरुले मालबाहक मझौलाखाले ट्रक सडकमै पार्किङ गरेर आन्दोलन गरेका हुन् ।

ट्रक व्यवसायीले पूर्ववतरुपमा सन्चालन अनुमति पाउनुपर्ने माग राखेका छन् ।

आन्दोलनका कारण सिन्धुलीबाट दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ, काभ्रेपलान्चोकलगायत स्थानमा आउने–जाने ढुवानीका साधन ठप्प भएका छन् ।