Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


स्वीकृतिबिना सन्चालित डेन्टल अस्पतालमा शिलबन्दी


0
Shares

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति बिना नै अस्पताल सन्चालन गरेको पाएपछि सम्पूर्ण सामग्री सन्चालन स्वयंको जिम्मामा रहने गरी शिलबन्दी गरिएको हो ।

अनुगमन संयोजक निरोज घिमिरेका अनुसार काँडाघारीमै रहेको सविना फर्मा र एनएण्डएस फार्मेसी प्रालिले व्यवसाय दर्ता नगरी सन्चालन गरेको पाएकाले २४ घन्टाभित्र औषधि व्यवस्था विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

शिलबन्दी गरिएको औषधि पसललाई तीन दिनभित्र र अन्य दुई पसललाई २४ घन्टाभित्र विभागका उपस्थिति नभए विभागले थप कारबाही गर्ने पनि चेतावनीसमेत दिएको छ ।

विभागले काठमाडौंको गौशाला र भीमसेनगोलामा केही खाद्य पसलमा गरेको अनुगमनका क्रममा २५ बोतल पेय पदार्थ नष्ट गरेको छ ।

त्यस्तै, वनस्थलीमा रहेको एएक्सएन ट्रेडिङ प्रालिले साइनबोर्ड नराखेको, दर्ता प्रमाणपत्र, गुणस्तरसम्बन्धी कागजात र मूल्य विश्लेषणको कागजात देखाउन नसकेकोले सात दिनभित्र साइनबोर्ड बनाएर राख्न र दर्ता प्रमाणपत्र, गुणस्तरसम्बन्धी कागजात र मूल्य विश्लेषणको कागजातसहित विभागमा आउन निर्देशन दिइएको छ । रासस