१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेप्से सुधारियो


0
Shares

उतार–चढावबीच यसदिन सेयर बजार परिसूचक नेप्से ३ अंकले सुधारिएर १४ सय ७२ विन्दुमा पुग्यो ।

कारोबार सुरुआती समयमा नेप्से बढेर १४ सय ८० विन्दु पार गरेपनि मध्याह्नपछि झर्दै तीन अंकलेमात्रै सकारात्मक रहेर थामिएको हो ।

यसदिन वाणिज्य बैंक, व्यापार, होटल, जलविद्युत्, बिमा र लघुवित्त समूहमा सुधार आयो भने विकास बैंक, वित्त, उत्पादनमूलक र अन्य समूहमा गिरावट आयो ।

यसदिन कारोबार परिमाण भने औसत नै रह्यो । १५९ कम्पनीका ८ लाख ४२ हजार कित्ता सेयर ३५ करोड ८ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।