
राजधानीस्थित भृकुटीमन्डपमा भएको पाँचदिने मेलाको डेढ लाखले अवलोकन गरेको र १० करोड रुपैयाँ बराबरको कारोबार भएको मेला संयोजक एवं निवर्तमान अध्यक्ष हेमरत्न शाक्यले बताए ।
मेलामा ३ करोड रुपैयाँ बराबरको बुकिङ भएको महासंघले जनाएको छ ।
स्वदेशी एवं विदेशी हस्तकला साम्रगीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा नेपालसहित चीन, भुटान, पाकिस्तान र बंगलादेशका उत्पादन राखिएका थिए ।
मेलामा पस्मिना, गरगहना, काष्ठकला, फेल्ट, गलैंचा, हातेकागज, धातुकला, ऊनी, सुती, ढाका, बाँसका सामान, जडिबुटीलगायतका वस्तु राखिएका थिए ।
मेलामा बजार मूल्यभन्दा सस्तोमा सामग्री पाएको उपभोक्ताको भनाइ थियो ।
यस्तो मेलाले हस्तकलाका सामग्रीको प्रबद्र्धनमात्रै नभइ कालीगढकोसमेत संरक्षण गर्ने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्