Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


लोकतन्त्रको रक्षाका लागि कांग्रेसले चुनाव जित्नुपर्छ : शशांक


0
Shares

मंगलबार सोलुखुम्बुको नेलेबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्रमाथि बारम्बार प्रहार भएको भन्दै यसको रक्षाका लागि पनि कांग्रेसले चुनाव जित्नुपर्ने जिकिर गरे ।

सो अवसरमा उनले गार्मा–गुदेल सडक र सल्लेरी–सुर्के सडकलाई दुई वर्षभित्र ट्रयाक खोली पक्कीसडक बनाउने, गुदेलको नाम्लुङमा १५ शय्याको अस्पताल निर्माण र दूधकौशिका गाउँपालिकामा प्राविधिक शिक्षालयको स्थापना गर्ने आश्वासन दिए ।

सोही चुनावीसभालाई सम्बोधन गर्दै उद्योगपति विनोद चौधरीले पर्यटन क्षेत्रको विकास, प्राविधिक शिक्षालय र अस्पतालको स्थापनामा आफूले सहयोग र लगानी गर्ने बताए ।