५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


धनकुटामा निर्बाचन सामाग्री पुग्यो


0
Shares

निर्वाचनका लागि आवश्यक ६६ प्रकारका सामग्री मध्ये निर्वाचन आयोगले पठाएका ४६ प्रकारका सामान आइपुगेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

मतपेटीका, छेकावारा, सुरक्षण सिल, स्वस्तिक छाप, स्ट्याम्प प्याड, कार्टुन बक्स, स्टिकर, कैंची, क्याल्कुलेटरलगायत सामान आइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

१ लाख ५ हजार १ सय ८८ मतदाता रहेको धनकुटामा २१ गते हुने चुनावका लागि १ सय १७ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र निर्धारण गरिएको छ ।