नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाद्वारा बुधबार लमजुङको खत्रिठाँटीमा आयोजित कार्यक्रममा बोल्दै उनले वाम गठबन्धनले संसदीय व्यवस्थाको विकल्प खोज्न थालेको आरोप लगाए ।
‘महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन–उनले भने ।
कांग्रेसले गरिबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वाबलम्बन बनाउन चाहेको उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रतिनिधिसभाका उम्मेदवार दिलबहादुर घर्ती, प्रदेशसभा ‘ख’का उम्मेदवार कृष्णप्रसाद कोइराला, कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, राप्रपाका सहमहामन्त्री हेमजंग गुरुङलगायतले बोलेका थिए ।









प्रतिक्रिया दिनुहोस्