यातायात व्यवस्था विभागले वीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोट सडकखण्डमा ट्रक सञ्चालन गर्न दिएको अनुमतिपत्र खारेज गरेको विरोधमा व्यवसायीहरुले आन्दोलन गरेका हुन् ।
उनीहरुले विभागले दिएको अनुमतिपत्रलाई कायम राख्न माग गर्दै तीन दिनदेखि ढुवानी ठप्प पारेका छन् ।
सिन्धुली ट्रक व्यवसायी संघले यातायात व्यवस्था विभागको विरोधमा सिन्धुलीमाडी बजारमा ट्रक र्यालीसमेत गरेको छ ।
ढुवानीको काम ठप्प पारेर व्यवसायीहरुले स्थानीय लोकतान्त्रिक चौरमा ट्रक पार्किङ गरी राखेका छन् ।









प्रतिक्रिया दिनुहोस्