Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


सहायक निर्वाचन कर्मचारीमाथि आक्रमण


0
Shares

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा सहायक निर्वाचन कर्मचारीकारुपमा खटिएका सिरहा जिल्ला सिरहा नगरपालिका–१९ का ४५ वर्षीया विन्देश्वरीप्रसाद यादवमाथि आक्रमण भएको बताइएको छ ।

सदरमुकाम मार्तडीबाट बूढीनन्दा नगरपालिकाको नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा जाँदै गरेको अवस्थामा बडीमालिका नगरपालिका–७ मा रहेको पोरखेलेकमा अज्ञात समूहले आक्रमण गरेको यादवले बताएका छन् ।

सिरहा जिल्ला घर भइ हाल हिमाली गाउँपालिकाको विच्छ्या माविमा विज्ञान विषय अध्यापन गराउँदै आएका यादव बुधबार पोरखेलेकमा एक्लै भएको बेला अज्ञात समूहको आक्रमणबाट घाइते भएपछि मतदान केन्द्रमा नपुगी जिल्ला फर्किएका छन् ।

घाइते यादवले आफूसँग भएको १३ हजार नगदसमेत लुटिएको प्रहरीमा उजुरी गरेका छन् ।

आक्रमणपछि घाइते यादवको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । यादवको ढाड, खुट्टा र टाउकोमा चोट लागेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले सहायक निर्वाचन कर्मचारीमाथि आक्रमण गर्नेको खोजीकार्य भइरहेको जानकारी दिएका छन् । रासस

Skip This