
गृह मन्त्रालयले ती उपसचिवको सरुवाको सहमतिका लागि पत्र लेखी पठाएकामा सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगले पत्र पाएको २४ घन्टाभित्र काजसरुवा गर्ने निर्णयसम्बन्धी सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले काजसरुवा गरेका उपसचिव, राजपत्राङ्कीत द्वितीय श्रेणीका ६ जना कर्मचारीमध्ये तीनजना प्रमुख जिल्ला अधिकारी रहेका छन् ।
गृह मन्त्रालयले यही मंसिर ५ गते काजसरुवाका लागि पत्र पठाएको थियो ।
निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिइ सरुवा गर्न वा काज खटाउन नमिल्ने निर्वाचन आचारसंहिता, २०७२ मा व्यवस्था गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्