Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


‘राष्ट्रियता र सार्वभौमसत्ता खतरामा, बचाउने जिम्मा वाम गठबन्धनको काँधमा’


0
Shares

बिहीबार राजधानीमा एक कार्यक्रम गरी उनीहरुले राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समाजवादको आधार निर्माण गर्न वाम उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा वाम बुद्धिजीवीहरुले नेपाली कांग्रेसले वाम एकता र गठबन्धबाट अत्तालिएर गलत प्रचार गरिरहेको आरोपसमेत लगाए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले राष्ट्रियता र सार्वभौमसत्ता खतरामा पर्दै गइरहेको भन्दै यसलाई बचाउने जिम्मा वाम गठबन्धनको काँधमा रहेको बताए ।

यसैगरी, अर्थशास्त्री गोविन्द थापाले माओवादी केन्द्र पनि संविधान र लोकतन्त्रप्रति पूर्णप्रतिबद्ध रहेको भन्दै अनावश्यक अफवाहबाट सचेत रहनुपर्ने बताए ।

संविधानले परिभाषित गरेको समाजवाद नेपाली कांग्रेसले बुझ्न नसकेको उनको आरोप थियो ।

कार्यक्रममा कानुन व्यावसायी, चिकित्सक, अर्थशास्त्री, लेखक पत्रकारलगायतको सहभागिता थियो ।