१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन


0
Shares

‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आवश्यक मात्रामा कफी पिउनाले गर्भवती महिलाबाहेक अन्य मानिसलाई कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातकालगायत दीर्घकालिन प्राणघातक रोगको जोखिम कम हुने देखाएको हो ।

तर, गर्भवती अवस्थामा महिलाले कफी पिएमा जोखिमपूर्ण हुनसक्ने उक्त अध्ययनले उल्लेख गरेको छ ।

ब्रिटिश मेडिकल जर्नलमा छपिएको उक्त अध्ययनका अनुसन्धानकर्ताहरुले मानिसहरुलाई दीर्घकालिन रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन् र आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन सल्लाह दिएका छन् ।

अध्ययनले दैनिक ३ कप कफी पिउनुको सबैभन्दा ठूलो फाइदा कलेजोसम्बन्धी रोग र क्यान्सरको जोखिम कम हुने देखिएको उल्लेख गरेको छ । तर, उक्त अध्ययनका सहलेखक तथा ‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का प्राध्यापक पउल रोड्रिक भन्छन् ‘कफी सेवन गरेकै कारण त्यस्तो भएको हो भनेर पुष्टि गर्न सकिएको छैन् ।’

प्रा.रोड्रिकका अनुसार उमेर, धूमपानको सेवन, व्यायामजस्ता अन्य कुराहरुले पनि प्रभाव पार्न सक्छ । उनका अनुसार ठिक्क मात्रामा कफी सेवन गर्नुको बेफाइदाभन्दा फाइदा धेरै छन् ।

बीबीसी‘का अनुसार ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्रामभन्दा बढी क्याफीन पिउन नहुने उल्लेख गरेको छ । एनएचएसले बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुनेसक्ने उल्लेख गरेको छ । साथै, अध्ययनले हड्डीमा समस्या देखिएको महिलाहरुले पनि कफीको मात्रा कम गर्न सुझाव दिएको छ ।

‘जन होपकिन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थ’का इलिसियो ग्वालरले उक्त अध्ययनको निष्कर्शबारे प्रतिक्रिया दिंदै भने, ‘बढी कफी सेवनका प्रभावबारे अझै अनिश्चितता रहेको छ । ’ तर, ठिक्क मात्रामा कफी पिउनु सुरक्षित नै देखिन्छ र यसलाई वयस्क मानिसहरुले आफ्नो सुरक्षित आहराको अंगका रुपमा लिनु स्वस्थकर रहेको उनको धारणा छ । एजेन्सी