गत मंसिर ३ गते निधन भएका प्रकाश दाहालप्रति श्रद्धाञ्जलि दिन बिहीबार राजधानीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले आफू पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि जन्मिएको छोरालाई बाबुकोरुपमा कहिल्यै समय दिन नसकेको गुनासो गरे ।
प्रकाश आफ्नो छोरामात्र नभइ पार्टीको सांगठनिक र व्यवस्पापनमा कुशल नेतृत्व गर्नसक्ने व्यक्तिसमेत भएको पनि दाहालले स्मरण गरे ।
कार्यक्रममा दाहालले छोरा प्रकाशको सम्झनामा लेखेको वक्तव्य पनि वाचन गरिएको थियो ।
कार्यक्रम्मा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमण्त्री लोकेन्द्रबहादुर चन्द, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख तारानाथ रानाभाट, माओवादी नेता मोहन वैद्य, नेकपा मालेका अध्यक्ष सीपी मैनाली, निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव, विभिन्न देशका कूटनीतिज्ञहरुलगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्