
जिल्लाका ५२ ओटै मतदान केन्द्रमा निजामती कर्मचारी ३०४ जना र शिक्षक ८९ गरी ३९३ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।
मंसिर ८ र ९ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ क्षेत्र रहेको हुम्लामा प्रतिनिधिसभाका लागि ७ जना र प्रदेशसभा ‘क’ र ‘ख’मा ३/३ जना प्रतिस्पर्धामा रहेका छन् ।
हुम्लामा कुल २७ हजार ४३५ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्