Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


जनता सशंकित भए : कमल थापा


0
Shares

बिहीबार पोखरामा चुनावीसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्षसमेत रहेका उनले गठबन्धनको उन्मादमा राष्ट्रपतीय प्रणाली, अधिनायकवाद र कम्युनिष्ट शासन व्यवस्था स्थापना गर्नेजस्ता अभिव्यक्तिले जनता सशंकित भएको जिकिर गरे ।

नेपाली कांग्रेससँगको आफूहरुको सहकार्य र गठबन्धन कुनै पार्टीविरुद्ध नभइ प्रजातन्त्रको रक्षा, राष्ट्रिय एकता र अखन्डतालाई अक्षुण्ण राख्न भएको उनले बताए ।