निर्वाचन अघि नै सबै बालीनाली भित्र्याउन किसान सक्रिय भएका छन् । गत असारमा लगाएको धान पाकेपछि किसानहरुलाई भित्र्याउन चटारो भएको छ । किसानहरुलाई अहिलेसम्म निर्वाचनको माहोलले छुन सकेको छैन ।
निर्वाचन अघि नै धान थन्क्याएर ढुक्कले मतदान गर्ने सोच किसानले बनाएका छन् । उनीहरुले जिल्लाबाट विजयी हुने उम्मेदवारले किसानका समस्या समाधान गर्न पहल गर्ने आशा गरेका छन् ।
धनकुटाको ७ हजार ८ सय २० हेक्टरमा गरिएको धान खेतीबाट करिब २८ हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ । जिल्लाका कुल १ लाख ५ हजार १ सय ८८ मतदातामध्ये करिब ३५ प्रतिशत धान भित्र्याउन ब्यस्त छन् ।
यसअघिका निर्वाचनमा छानिएका जनप्रतिनिधिले कृषि क्षेत्रलाई उपेक्षा गर्ने गरेको गुनासो किसानको छ ।
धनकुटाको मध्य पहाडमा खुमल ४, खुमल १० सहित स्थानीय बास्मती, अटेलगायतका जातको धान खेती हुने गरेको छ भने बेसीमा राधा १२, रन्जीत, रातो बास्मती, मिथिलालगायतका जातको धान खेती हुने गरेको छ ।
उत्पादित धानले जिल्लाको ४० प्रतिशत माग धान्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्