३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दछन् । जहाँबाट प्रतिनिधि सभाका लागि ३७ सदस्य तथा प्रदेश सभाका लागि ७४ सदस्य निर्वाचित हुँदैछन् ।
यी क्षेत्रमा प्रतिनिधि सभाका लागि २८२ तथा प्रदेश सभाका लागि ४२० प्रतिस्पर्धी मैदानमा रहेका छन् ।
प्रत्यक्षबाट निर्वाचित हुने १६५ तथा समानुपातिक पद्धतीबाट निर्वाचित हुने ११० गरी २७५ सदस्यीय प्रतिनिधिसभा बन्दैछ । पहिलो चरणमा हुनेबाहेक दोस्रो चरणको निर्वाचन भने मंसीर २१ गते हुनेछ ।
प्रदेश संसद भने सातै प्रदेशमा गरेर ५५० सदस्यीय बन्नेछ । जहाँ प्रत्यक्षबाट ३३० तथा समानुपातिकबाट २२० जना निर्वाचित भएर आउनेछन् ।
त्यस्तै आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा वितरण गरिरहेको मतदाता परिचयपत्र आज पनि लिन सकिने छ ।
आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाई मतदाता परिचयपत्र वितरण गरेको हो ।
नामावली सार्न र सच्याउन निवेदन दिएकाले पनि मतदाता परिचयपत्र लिन सक्ने छन् । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यही परिचयपत्रका आधारमा मतदान गर्न पाउने छन् ।
परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि सकेसम्म मतदाता आफैं जानुपर्ने छ ।
मतदाता परिचयपत्र लिन आफैं जान नसक्ने अवस्थामा परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्