नवलपरासीको सुनवलमा पार्टीद्वारा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले यसपटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन कांग्रेसलाई मतदान गर्न आग्रह गरे ।
वामपन्थी जनतामाथि शासन गर्न खोज्ने पार्टी भएको विचार राख्दै सभापति देउवाले ‘कांग्रेस जनतालाई मालिक बनाउने पार्टी हो’–भने ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले राज्यको विकासलाई रोक्न खोजेको आरोप लगाए ।
नेता पौडेलले भने–‘यस देशमा शान्ति र विकास नेपाली कांग्रेसलेमात्र ल्याउनसक्छ । २००७ सालदेखि लोकतन्त्रका लागि लड्दै आएको कांग्रेसले गणतान्त्रिक संविधान ल्याएर सबै नेपाली जनताको हक–अधिकार सुनिश्चित गर्यो तर अहिलेको समयमा वाम गबठन्धनले यस देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने खेल गरिरहेको छ ।’ रासस









प्रतिक्रिया दिनुहोस्