उनले विश्वभरि हराउँदै गएको कम्युनिष्ट शासन मुलुकमा ल्याउने निहुँमा गरिएको वाम गठबन्धनको कुनै औचित्य नभएको जिकिर गरे ।
शनिबार रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा देउवाले जनतालाई दुःख दिने, तर्साउने र वाक स्वतन्त्रताको अधिकारलाई कुन्ठित पार्ने कम्युनिजमलाई कुनैपनि सर्तमा जनताले नस्वीकार्ने दाबी गरे ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले जनताको सुख–दुःखमा साथ दिने पार्टी कांग्रेसमात्र भएको उल्लेख गरे ।
कांग्रेसले विकास र समृद्धिका मुद्दालाई सदैव उठाउँदै आएको उनको भनाइ थियो ।
देवदह क्षेत्रको विकासका लागि सरकारले छिट्टै गुरुयोजना बनाउने जानकारीसमेत उनले दिए ।
उनले महामानव गौतमबुद्धसँग सम्बन्धित देवदह क्षेत्रको विकास लुम्बिनीसरह नै गर्ने उल्लेख गर्दै त्यसका लागि देवदह विकास कोष स्थापनाको आवश्यकता रहेको पनि औंल्याए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको गठबन्धन राष्ट्रहितका लागि हुदै नसक्ने टिप्पणी गरे ।
उनले कम्युष्टिहरुको गठबन्धन टिक्नेखालको नभइ मुलुकलाई अहित गर्नका लागि बनेको आरोप लगाए ।
उनले कांग्रेसलेमात्र मुलुकलाई समृद्ध बनाउनसक्ने भन्दै समस्या जन्माउने कम्युनिष्ट र समाधान गर्ने कांग्रेस भएको दाबी गरे ।
मुलुकमा कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर ‘सुकिला किसान’ बनाउने अवधारणालाई कांग्रेसले अगाडि सारेको उनको भनाइ थियो ।
शनिबारै नवलपरासीको सुनवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महेशपुरमा भन्सारलाई विस्तार गर्ने, सुरजपूरा विद्युत् पावरहाउसलाई सन्चालनमा ल्याएर विद्युत् विस्तार र हुलाकीमार्गको स्तरोन्नति गर्नेसम्मका कामलाई अगाडि बढाउने बताए ।









प्रतिक्रिया दिनुहोस्