Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


‘मौनअवधि नै हार–जितको महत्वपूर्ण समय’


0
Shares

शनिबार तरुण दलले काठमाडौंको ज्याबहालमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक शक्तिलेमात्र मुलुकमा स्थायित्व र दीगो विकास गर्नसक्ने दाबी गर्दै लोकतान्त्रिक सरकार गठनका लागि अमूल्य मत आवश्यक रहेको बताए ।

मौनअवधि नै चुनावमा हार–जितको महत्वपूर्ण समय भएको भन्दै उनले सो समयमा हुनसक्ने चुनावी चलखेलप्रति सचेत रहनसमेत आग्रह गरे ।

कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ बाट प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार ध्यानगोविन्द रञ्जितले मुलुकलाई स्थायित्व लोकतान्त्रिक शक्तिलेमात्र दिनसक्ने जिकिर गरे ।

लोकतन्त्र र सबैको अधिकार रक्षाका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको उनको भनाइ थियो ।

काठमाडौं–९ प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार ईन्द्रमान तुलाधरले काठमाडौं उपत्यकामामात्र विश्व सम्पदामा सूचीकृत ऐतिहासिक सातओटा सम्पदा रहेको भन्दै सम्पदा संरक्षण र सम्पदामार्गको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।