Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


एमालेका उम्मेदवार रवीन्द्र अधिकारीसँग आयोगले माग्यो स्पष्टीकरण


0
Shares

मंसिर १० गते हुन गइरहेको प्रथम चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौनअवधिमा सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चरवालमा निर्वाचन चिह्न राखी प्रचार–प्रसार गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको सूचना प्राप्त भएको जनाउँदै आयोगले अधिकारीसँग स्पष्टीकरण सोधेको हो ।

प्रथम चरणको निर्वाचनको मौनअवधि मंसिर ७ गते राति १२ बजेदेखि सुरु भइसकेको अवस्थामा उम्मेदवार अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चरवालमा आफ्नो र आफूसम्बद्ध पार्टीको निर्वाचन चिह्न राखी प्रचार–प्रसार गरेको सूचना प्राप्त भएको आयोगले जनाएको छ ।

उनलाई सोधिएको स्पष्टीकरणमा निर्वाचन आचारसंंहिता उल्लंघन गरेबापत कारबाही हुनुपर्ने हो, होइन पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस

Skip This