२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


मतदातालाई देउताको ‘कसम’: ‘वाचा तोडे देउता रिसाएर अनर्थ हुन्छ’


0
Shares

देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए । तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन ।

उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घन्ट छुन लगाए । देवकोटा परिवारले घन्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए ।

आफूले पुज्ने देउताको घन्ट छोएपछि यो परिवारका सदस्यले वाचाअनुसार नै मतदान गर्ने भएका छन् । घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लोपटक स्थानीय चुनावमा पनि घन्ट छुन लगाएका थिए ।

त्यसबेला पनि हामीले वाचाअनुसार नै भोट दियौं । यसपालि पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँ-बायाँ गर्दैनौं ।’

चन्दननाथ–८ निवासी हरिकला शाहीले सबै दलका मान्छे मोट माग्न आएको तर माओवादीका मान्छेले घन्ट छुवाएको बताइन् ।

‘भोट त एउटालाई दिनै पर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’, उनले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं तर माओवादीका मान्छेले घन्ट छुवाएका छन् ।

अब वाचा गरिसकेपछि धोका दिनु त भएन नि !’ उनले आफ्नो टोलका अधिकांशलाई नेताले देउता साक्षी राखेर भोट मागेको जानकारी दिइन् । ‘हामी देउतामा विश्वास गर्छौं, वाचा तोडेपछि देउता रिसाएर अनर्थ हुन्छ ।

त्यसैले भनेकै ठाउँमा छाप लगाउने हो, अरूले पनि त्यही गर्ने सल्लाह गरेका छन् ।’

स्थानीय तह निर्वाचनमा पनि दलहरूले घन्ट छुन लगाएर देउताको कसम खुवाएको उनले सुनाइन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट