
दुई वटा संविधानसभा निर्वाचनमा दुई वटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक भने तीन वटा मतपत्र पाएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलग–अलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुईटै सभाको मतपत्र रहेको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसीले चिह्न छापिएका मतपत्र र प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको मतपत्र छ ।
समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र–१ प्रतिनिधिसभातर्फ र तल्लो भागमा मतपत्र–२ प्रदेशसभातर्फ भाग लिएका दलहरुको निर्वाचन चिह्न रहेको छ ।
तीनवटै मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाएका छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एएटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्