Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


२ नं प्रदेशमा मधेश सरकार बनेपछि मात्र विकास सम्भवः उपेन्द्र यादब


0
Shares

=सप्तरीको राजविराजमा आज रासससँग कुरा गर्दै उनले विकास निर्माणबाट सप्तरी जिल्ला हरेक क्षेत्रमा पछाडि परेको र यहाँको विकास नहुनुमा शदियौँदेखि विभेद र असमानता कारण भएको बताए ।

“सप्तरी जिल्ला नेपालको तेस्रो पछाडि परेको जिल्ला हो, यहाँ खेतीबाहेक केही नभएका कारण अधिकांश युवा अहिले बेरोजगारीको चपेटामा छन्”, उनले भने ।

सप्तरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले सप्तरीको विकास र बेरोजगारी समस्या समाधानका लागि आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दुई तिहाइ मतबाट प्रदेश नं २ मा मधेस सरकार निर्माण गर्न सकेमा प्रहरी प्रशासन, लोकसेवा र शिक्षक सेवामा मधेसीको अधिकार सुनिश्चित हुने बताए ।

सप्तरीसहित तराई–मधेसका जिल्लामा नदीनाला भए पनि खेतीका समयमा सिँचाइ नभएका कारण कृषि क्षेत्रको समेत विकास हुन नसकेको बताउँदै उनले वर्षेनी विभिन्न नदी र नालामा आएको बाढी तथा पहिराका कारण खेतको उर्वाराशक्ति कमजोर हुने गरेको र बाढीपहिराले जमिन कटान गरेपछि अधिकांश खेतमा उब्जाउ हुन नसकेको बताए ।

यहाँ उद्योग, सिँचाइ र कृषिको विकास भए मात्र तराईको विकास हुने बताउँदै उनले २ नं प्रदेश मधेस प्रदेश बन्नेपछि यहाँ समुन्नती हुने बताए ।

अध्यक्ष यादवले नश्लवादी चिन्तनबाट बनाइएको संविधान आफूहरुको अधिकारका लागि नभएको बताउँदै त्यसको पुनःलेखन र संशोधन गरी मधेसी, मुुसलमान, जनजाति, पिछडिएका वर्ग, जाति भेदभाव र रङ्का आधारमा भइरहेको विभेद अत्य गर्न दुई तिहाइ मत दिन आग्रह गरे । रासस