Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


डडेल्धुराका उम्मेदवार मतदाता रिझाउन खेतबारी डुल्दै


0
Shares

अन्नबाली र खर घाँस थन्क्याउने बेला भएकाले मतदाता दलका कार्यक्रममा जान नसक्ने भएपछि उम्मेद्वार आफैं मतदाताको खेतबारी डुल्न थालेका हुन् ।

जिल्लामा अहिले स्थानीय मतदाता घरायसी काममा व्यस्त छन् ।

यहि मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेद्वारहरुले मतदाताको खेतमै पुगेर बिभिन्न आश्वासन दिईरहेका छन् भने मतदाता पनि उम्मेद्वारसँग आफ्नो गाउँमा विकास मागिरहेका छन् ।