Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सर्लाहीमा वाम गठबन्धनका यादवको उम्मेदवारी खारेज


0
Shares

यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए ।

आयोगले आफ्नो उजुरी सुनुवाई नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ मागेको थियो ।

सर्वोच्चलाई जवाफ पठाउनुअघि नै आयोगले शिवपुजनको उम्मेदवारी खारेज गरेको हो । सर्लाहीमा अब यो क्षेत्रमा वाम गठबन्धनको उम्मेदवार नै नहुने भएको छ ।

पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद रहेका रायलाई कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

त्यसविरुद्ध परेको पुनरावेदन सर्वोच्चमा अझै विचाराधीन छ ।