३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


उत्तरी धादिङका मतपेटिका हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याइयो


0
Shares

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तर्गत् भएको मतदानको मतपेटिका सदरमुकाम ल्याइएको हो ।

उत्तरका १७ ओटा मतदान केन्द्रका ५१ ओटा मतपेटिका हेलिकोप्टरमार्फत् ल्याइएको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताए ।

आइतबार निर्वाचन सम्पन्न भइसकेपछि सुगम र आसपासका केन्द्रबाट मतपेटिका साँझसम्म ल्याइएको थियो भने दुर्गम स्थानका मतपेटिका सोमबार ल्याइएको हो ।

जिल्लाभर २७५ ओटा मतदान केन्द्रका ८२५ मतपेटिका सदरमुकाम ल्याइएको छ ।