४ असार २०८२, बुधबार | Wed Jun 18 2025


यसकारण स्थानीय तह निर्वाचनमाभन्दा कम मत खस्यो (भिडियो)


0
Shares

स्थानीय तहको निर्वाचनभन्दा करिब १० प्रतिशत कम मत खस्नुको कारणबारे विश्लेषणहरु हुन थालेका हुन् ।

तर, विज्ञहरुले भने ६५ प्रतिशत मतदान हुनुलाई उत्साहकजनकरुपमा लिनुपर्ने बताएका छन् ।

त्रास र प्रतिकूल मौसमका बाबजुद् पनि पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ ।

निर्वाचनमा मतदाताले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति पाउन नसक्दा पनि केही कम मत खसेको विश्लेषण गरिएको छ ।

राज्यले सुरक्षाको पूर्णप्रत्याभूति दिलाउन नसक्न कतिपय मतदाता निर्वाचनमा सहभागी हुन नसकेका हुन् । तर, यो खसेको मतलाई उत्साहजनकरुपमा लिनुपर्ने विज्ञहरु बताउँछन् ।

पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले दोस्रो चरणको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउन राज्यले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

संविधान कार्यान्वयन, संघीय संरचनाको विकास र आर्थिक समृद्धिका लागि नै निर्वाचन भएको भन्नेबारे सरकारले मतदातालाई बुझाउनुपर्ने उनको भनाइ थियो ।

सुरक्षाको त्रास, प्रतिकूल मौसमका बाबजुद् पनि मतदाताले उत्साहजनकरुपमा मतदान गरेको विज्ञहरुको भनाइ छ ।

राज्यले जाडो समयमै निर्वाचनको मिति तोक्नु र सुरक्षा वातावरण चुस्त बनाउन नसक्नु नै कमजोरी भएको पूर्वआयुक्त श्रेष्ठको भनाइ छ ।

स्थानीय निर्वाचन मतदाताको घरदैलोसम्म प्रत्यक्ष जोडिएको हुन्छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसँग जनताको दूरी अलि टाढा भएकाले पनि कम प्रतिशत मत खसेको विश्लेषकहरु बताउँछन् ।

राजधानी काठमाडौं नजिकका जिल्लाका धेरै मतदाता काठमाडौंमा आएर विभिन्न व्यवसायमा संलग्न रहेको र राज्यले निर्वाचनको दिनसम्म पनि बिदा नदिँदा कतिपय मतदाता मतदानमा सहभागी हुन नपाउँदा पनि कम मत खसेको विश्लेषकहरु बताउँछन् ।

आगामी दिनमा यस्ता गल्तीलाई सुधार गर्नुपर्ने उनीहरुको भनाइ छ ।

भिडियो हेर्नुहोस्