४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सीसी क्यामराको निगरानीमा मतपेटिका


0
Shares

दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मंसिर २१ गते साँझ ५ बजेपछिमात्रै मतगणना सुरु हुने भएकाले मतपेटिका सीसी क्यामराको निगरानीमा राखिएको हो ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नवनिर्मित जिल्ला कृषि विकास कार्यलयको भवनमा मतपेटिकाहरु राखिएको छ ।

मतपेटिका राखिएको कोठाको सबै झ्यालहरु बन्द गरिएको छ भने सबै ढोकामा ताला लगाइ ‘सिल’ गरिएको प्रमुख निर्वाचन अधिकृत दीपक खनालले बताए ।

कार्यलयको ‘प्यासेज’मा ढोकाको सिल देखिने गरी सीसी क्यामरा जडान गरिएको र सो क्यामराको दृश्य भवनको मूलढोकाको सिसाबाट सर्वसाधारणलेसमेत देख्ने सकिने जनाइएको छ ।

सो भवनको सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यस्तै, टेन्ट हालेर बाहिर दलीय प्रतिनिधिलाईसमेत बस्ने व्यवस्था मिलाइएको छ ।

२ लाख २६ हजार ५४० मतदाता रहेको सिन्धुपाल्चोकमा २८५ मतदान केन्द्रबाट ७३ हजार ४२८ महिला र ८२ हजार ५८४ पुरुष गरी जम्मा १ लाख ५६ हजार १२ जना मतदातादले आइतबार मतदान गरेका थिए ।