
नेपाल भौगर्भिक समाज र इन्टरनेसनल एसोसिएसन फर एन्जिनियरिङ जियोलोजी एन्ड इन्भायरोमेन्ट को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।
विपत व्यवस्थापनका लागि भूगर्भ विज्ञान भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा नेपालसहित ३० देशका ४ सय ५० जना भूगर्भविद् सहभागी छन् ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूगोलका कारण उत्पन्न हुने प्राकृतिक विपत्तिको सामना गर्न एसियाली मुलुकहरु एकजुट हुनुपर्ने बताइन् ।
उनले आधुनिक विज्ञान प्रविधिको प्रयोग गरी विपद् व्यवस्थापन न्यूनीकारणको सहज बाटो अबलम्बन गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरिन ।
सम्मेलनमा जोखिम न्यूनीकरणका लागि विश्वमा अवलम्बन भइरहेका उपाय र नयाँ रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
तीन दिने सम्मेलनमा भूगर्भविद्हरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यक्रममा भूगर्भविद्हरुलाई सम्मानसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्