मंगलबार सभास्थलभन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कुलनजिकै बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रप्रतिको उर्लंदो अपार जनसागरबाट अत्तालिएर लोकतन्त्रविरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटना गराएको जनाइएको छ ।
नेता एवं कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको उक्त क्रियाकलाप र आक्रमणप्रति निन्दा र भर्त्सना गर्दै कांग्रेसले घटनाले शान्तिपूर्ण एवं निर्वाधरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन भएकाले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्