२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मंगलबार नेप्से दोहोरो अंकले सुधारियो


0
Shares

आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएको हो ।

बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १५ सय २३ विन्दुमा पुग्योे । उत्पादनमूलक समूह १५ अंकले र बिमा समूह १४ अंकले ऋणात्मक रहनु बाहेक बाँकी अरु सबै समूह सकारात्मक रहे ।

अन्य सबैभन्दा उच्च ३४ अंकले उकालो लाग्यो ।

जलविद्युत ३२ अंकले, होटल ३० अंकले र लघुवित्त समूह १३ अंकले माथि लागे भने अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीको ९ लाख ९९ हजार कित्ता शेयर ५७ करोड २१ लाख रुपैयाँ बराबरमा खरिदविक्री भएको एक्सचेन्जले जनाएको छ ।