
तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइते चार जनाको नेपालगन्जमा र अन्य तीन जनाको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार गराइएको विस्फोटमा आठ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्