
हर्कटेमा रहेको खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथिभरा दुग्ध उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो । बिहान साढे ५ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले जानकारी दिए ।
आगलागीबाट एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए । आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनका साथै मेसिनमा समेत क्षति पुगेको छ ।
स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र सुर्योदय नगरपालिकाको दमकलको प्रयासमा २ घण्टामा आगो नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्