Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता : दाहाल


0
Shares

भरतपुर महानगरपालिका– २४ को नयाँ बस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ÷नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरिएको जिकिर गरे ।

उनले भने, ‘वाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुशी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेसभित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्ति पनि खुशी छन् ।’

आजै बिहान देवीचोक र दीपचोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्ट सरकार आएपछि देश विकासले गति लिने जिकिर गरे । सो क्रममा विभिन्न दल छाडेर माओवादी केन्द्रमा आएका कार्यकर्तालाई स्वागत गरिएको थियो । (रासस)