Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री


0
Shares

चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भने ‘‘सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा हो, त्यसका लागि म प्रतिबद्ध छु ।’’

उनले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए ।

नेता प्रधानले विसं २०७० को संविधानसभा निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवार योगेश भट्टराईलाई परााजित गरेका थिए ।

यस पटक यहाँ बाम गठबन्धनका तर्फबाट भक्कु सुवेदी प्रतिस्पर्धामा छन् । क्षेत्र नं ६ मा करिब ५८ हजार मतदाता छन् ।
रासस