लोकतन्त्र बलियो भएपछि कांग्रेस आफै मासिने सपना पनि ओलीले सुनाए ।
गृह जिल्ला झापाको चन्द्रगढीमा संवाददाताहरुसँग उनले कांग्रेसलाई बचाउन कम्तीमा पाँच वर्ष प्रतिपक्षमा राख्नुपर्ने भएकाले निर्वाचनमार्फत मूर्तरुप दिन लागिएको बताए ।
विकास र समृद्धिका कुनै एजेण्डा नभएपछि बामगठबन्धनका कारण लोकतन्त्र खतरामा पर्ने अनर्गल प्रचारमा कांग्रेस लागेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।
उनले झापाको चुनावी परिणाम शतप्रतिशत बाम गठबन्धनका पक्षमा आउने दावी पनि गरे ।









प्रतिक्रिया दिनुहोस्